बर्तिकालाई सुस्मिता सेनबाट महिला शशक्तिकरण अवार्ड


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

मिस नेपाल युएस २०१३ बर्तिका राई मिस युनिभर्स १९९४ सुस्मिता सेनबाट सम्मानित भएकी छिन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी सुस्मिता सेन चर्चित भारतीय कलाकार हुन् ।

बिहिबार न्युयोर्कको लङ आइल्याण्डमा आयोजित कार्यक्रममा बर्तिका सम्मानित भएकी हुन् । महिला शशक्तिकरणको मर्मसहित आयोजित कार्यक्रममा बर्तिका लगायतका केही महिलाहरुलाई कार्यक्रममा सम्मान प्रदान गरिएको थियो । तर नेपालीमध्येमा बर्तिकामात्र थिइन् ।

बर्तिकालाई उनको परिचयसहित स्टेजमा बोलाएर सुस्मिता सेनले क्रिस्टल अवार्ड प्रदान गरेकी थिइन् । बर्तिका मिस नेपाल युएस २०१३ मात्र होइनन्, उनले गाएका कैयन गीतहरु समेत चर्चित छन् । बाल्यकालदेखि नै संगीतमा रुची भएपनि उनी बिम्बाकाश नामको एल्बमपछि चर्चामा आएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिस नेपाल युएस २०१३ बर्तिकाले सुस्मिता सेनबाट महिला शशक्तिकरण सम्मान प्राप्त गरेकोमा मिस नेपाल युएसका संस्थापक तथा सीइओ अमित शाहले खुशी व्यक्त गरे । मिस नेपाल युएस र अन्य यस्तै कार्यक्रममार्फत महिला शशक्तिकरणका पक्षमा लागिपर्ने शाहले बताए ।

मिस नेपाल युएसको आगामी संस्करण अगस्त १९ मा टेक्सासको डालसमा हुँदैछ । अमेरिकामा रहेका नेपाली चेलीहरू, १८ देखि २५ वर्ष, ले भाग लिन सक्ने सो प्रतियोगिता यो वर्ष नेपाल ११ इन्टरटेनमेन्टको ब्याबस्थापनमा हुनेछ। प्रतियोगिताको विजयीलाई पाँच हजार अमेरिकी डलर धन राशिले सम्मान गरिने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com