प्रधानमन्त्री ओलीको सम्मानमा ल्हासामा रात्रिभोज


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ल्हासामा तिब्बत सरकार प्रमुख छिटालाले स्टेट ब्याक्वेट दिएका छन् । स्टेट ब्याक्वेटलाई प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्नुभएको छ ।

सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता रहेको छ । प्रधानमन्त्री ओली शुक्रबार बिहान चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा आउनुभएको हो । ल्हासामा उहाँले नेपाली समुदायसँग अन्तक्र्रिया गनुभयो भने आजैप्रधानमन्त्री ओली र तिब्बत स्वायत्त सरकारका प्रमुख छिटालाबीच ल्हासास्थित तिब्बत इन्टरकन्टिनेन्टल होटलमा आधाघण्टा भेटवार्ता भएको थियो ।

भेटमा छिटालाले नेपालले लिएको एकचीन नीतिको प्रशंशा गर्नुभएको थियो । छिटालाले दुईपक्षीय सम्बन्धलाई अझ बढाउने धारणा समेत राख्नुभयो । बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत रहेर नेपाललाई सबैप्रकारको सहयोग गर्ने पनि उहांले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भोलि शनिवार पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com