बाल कलाकारले गाए सबैलाई रुवाउने गीत सबैले हेर्नैपर्ने (भिडियो सहित)
प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार
गीतकार केशव विश्वकर्माको मार्मिक गीत ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ सार्वजनिक गरिएको छ । आशावादी र यथार्थवादी शैलीको यो गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायक र संगीतकार प्रदिप लामाको संगीत छ भने संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् । शुरशाला आईडल बाल गायक यायुश केसी र गायिका जिग्मी शेर्पाले यसमा स्वर दिएका छन् ।
गीतको निकै आकर्षक भिडियो बनाइएको छ । गीतकार विश्वकर्मा आफैले निर्देशन गरेको भिडियोमा बरिष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजी ) र बाल कलाकार जेनिशा बुढा मगरको मार्मिक अभिनय देख्न सकिन्छ । यी कलाकारको साथमा पुस्कर सुनुवार, मोडेल एलिशा बजगाईं, शिसम न्यौपाने, सुवास तिमल्सिना लगायतको समेत अभिनय भिडियोमा समेटिएको छ ।
मुकेश हुमागाईको छायाँकन, मोहन सुनुवारको सम्पादन रहेको भिडियो मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको हो । आफुले देखेको सत्य घटनालाई आधार बनाएर केही बर्ष अगाडी लेखेको गीत अहिले समय सान्दर्भिक देखेर सार्वजनिक गरेको गीतकार केशवले बताए ।





