प्रधानमन्त्री ओली तिब्वतको ल्हासा, केहीबेरमा नेपाली समुदायसँग अन्तक्रिया गर्ने


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

६ दिने चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पनि बिहानैदेखि व्यस्त हुनुहुन्छ। प्रधानमन्त्री ओली  चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा पुग्नुभएको छ ।

केहीवेरमा ल्हासामा उहाँले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com