अशोक दर्जी पाइलटसँगै ककपिटमा बसेर दुबाई उडे, प्लेनमा पनि गाउन छोडेनन् ‘मन विनाको धन’ (भिडियो)


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

यतिबेला बाल गायक अशोक दर्जीको जति चर्चा सायदैको होला । ‘मन विनाको धन ठुलो’ बोलको गीत गाएर सामाजिक सञ्जालमा चर्चा कमाउन सफल अशोक दर्जी जता हुन्छन् त्यतै सञ्चारकर्मीको बाक्लो उपस्थिति भैहाल्छ । केही दिन पहिले मात्रै मलेसियामा सांगीतिक कार्यक्रम सकेर नेपाल फर्केका अशोक फेरि दुबैमा हुन लागेको कार्यक्रमका लागि त्यता लागेका छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकाीको अभिवाकत्वमा विभिन्न गतिविधिमा संलग्न अशोक उनै संगीतकार बुढाथोकीका साथ दुबै गएका हुन् । विमानस्थलमा उडान प्रतिक्षामा बसेका अशोकसँग सेल्फी खिच्नेहरुको बाक्लै भिडभाड लागेको थियो । विमानमा चुढुन्जेलसम्म पनि अशोकलाई पच्छ्याउनेहरुको भिड घटेको थिएन । प्लेनभित्र बसेका अशोकले आफूलाई निकै रमाईलो लागेको बताए । उनले त्यति मात्रै गरेनन् ककपिटमा पाइलटसँगै बसेर प्लेन चलाउन समेत खोजेका थिए ।

भिडियो हेर्नुसः

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com