स्व. प्रकाश दाहाल स्मृति प्रथम पुरुष तथा महिला राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता हुने


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

नेपाल बक्सिङ संघ र अखिल नेपाल खेलकुद संघको आयोजनामा स्व. प्रकाश दाहाल स्मृति प्रथम पुरुष तथा महिला राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता हुने भएको छ । .
प्रतियोगिता असार १३ देखि १७ सम्म काठमाडौंको लैनचौरस्थित टीटी हलमा हुने अखिल नेपाल खेलकुद संघका सस्थापाक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर केसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।खेलाडीको ज्ञान र सीप बढाउन प्रतियोगिता आयोजना गरिएको नेपाल बक्सि¨ केसीले बताए ।

प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको आतिथ्यतामा रहने र समापन समारोहमा खानेपानी मन्त्री बिना मगरको सहभागीता रहने आयोजक कमिटिका संयोजक पवन कुमार अग्रवालले जानकारी दिए । प्रतियोगितामा नेपालको विभिन्न बक्सिङ क्लबबाट १५० जना पुरुष र ५० महिला सहभागी हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com