Follow @khasokhasmag

पाकिस्तानी सेनाध्यक्षद्वारा राष्ट्रपतिसंग भेट


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालको भ्रमणमा रहनु भएका जनरल हायातले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंग पनि मंगलबार रक्षा मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

निर्देशनालयका अनुसार बुधबार जनरल हायातले पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्र र ऐतिहासिक सिन्धुलीगढीको पनि भ्रमण गर्नुभएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com