उदयपुरमा धान रोपाइँ शुरु


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् ।

अहिले त्रियुगा नगरपालिकाको चुहाडे, राजाबास, जोगिदह, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर, बेलका नगरपालिकाको आम्बासीसहितका क्षेत्रमा कृषकले धान रोपाइँ शुरु गरेको यस क्षेत्रका कृषक बताउँछन् ।

त्रियुगा नगरपालिका–१ जोगिदहका कृषक जागेश्वर चौधरी भन्छन्, धानको बीउ त सामान्य थियो तर शुरुमा नै वर्षा राम्रो हुन थालेपछि धान रोपाइँ शुरु गरेका हौँ, पछि फेरी सुख्खा लाग्छ भनेर असार २ गतेदेखिनै रोपाइँ शुरु ग¥यौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रियुगा नगरपालिका–७, राजाबासका कुमार दनुवार अहिले शुरुमा नै वर्षा राम्रो हुन थालेको हुनाले आकाशेपानीको मौका छोपेर धान रोपाइँ शुरु गरेको बताउँछन् ।

असार महिनाको शुरुमा नै वर्षा राम्रो हुन थालेपछि उदयपुरका कृषकलाई भने असारको शुरुदेखि नै अहिले धान रोपाइँको चटारोले छोएको हो ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारी शुरुमा नै वर्षा राम्रो हुन थालेका कारण कृषकले धान रोपाइँ पनि शुरु गरेको बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार उदयपुरमा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको तथ्याँक रहेको छ । जिल्लाका झण्डै ४० प्रतिशत कृषकले आकाशेपानीको भरमा नै धान रोपाइँ गर्दै आएका छन् । बाँकी कृषकमात्र खोलानाला र आकाशेपानी दुवै प्रयोग गरेर धान रोपाइँ कार्य गर्दै आएको संबद्ध अधिकारी बताउँछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com