विशेष सामाजिक सुरक्षा भत्ता पाएपछिको खुसी


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

महिला खबर–

काठमाडौं महानगरपालिका जेष्ठ नागरिकहरुले विशेष सामाजिक सुरक्षा भत्ता पाएपछि खुसी व्यक्त गरेका छन् ।

महानगरले वडा कार्यालय मार्फत ७५ वर्ष कटेका महिला र ८० वर्ष कटेका पुरुष जेष्ठ नागरिकलाई वार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गरेपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका हुन् ।

उक्त रकम पाएपछि आफ्नो मन लागेको ठाउँमा खर्च गर्न पाउने भन्दै जेष्ठ नागरिकले खुसी व्यक्त गरेका हुन् । बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले १२ हजार रुपैयाँ हस्तान्तरण गरेपछि खुसी हुँदै ७६ वर्षीया पूर्णमाया श्रेष्ठले आशिर्वाद दिईन् ।

वडा नम्वर १४ ले बुधबार दुई सय ५० जना जेष्ठ नागरिकलाई विशेष सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । साथै उनीहरुको स्वास्थ्य जाँच पनि गरिएको वडा अध्यक्ष सापकोटाले बताईन् ।

स्थानीय तहको निर्वाचन पछि काठमाडौं महानगरको पहिलो नगरकार्यपालिकाको बैठकले महानगर भित्रका ७५ वर्ष कटेका महिला र ८० वर्ष कटेका पुरुषलाक्ष्ए विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि २०७४ साल साउनमा पहिलोपटक भत्ता दिइएको थियो भने यो वर्षको भत्ता बुधबार वितरण गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष सापकोटाले जानकारी दिईन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com