प्रधानमन्त्री ओली चीनको बेइजिङमा


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने भ्रमणका क्रममा चीन अवतरण गर्नुभएको छ ।
प्रधानमन्त्री ओली नेपाली समयअनुसार पाउन ३ बजे बेइजिङमा अवरतण गर्नुभएको हो । चिनिया“ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली ११९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्नु भएको हो ।

चीन भ्रमणका क्रममा उहा“ले चिनिया राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुस“ग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ । चीन भ्रमणका बेला ऊर्जा, रेल वे, विद्युत प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने जनाइएको छ । अघिल्लोपटक प्रधानमन्त्री हु“दा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा थप छलफल हुने जनाइएको छ ।

मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुस“ग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनिया“ राष्ट्रपति सी चीनफीङस“ग भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासा जाने र शनिबार ल्हासामा रहेको पोतला दरबार, जोखाङ मन्दिर, क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ । आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com