दाजु बहिनीबीच प्रेम सम्बन्ध सङै मरे सङै जले… यस्तो थियो पूरा घटना


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

छिमेकी जिल्ला प्युठानमा दाजु बहिनी बिचको प्रेम सम्बन्ध स्थानियले असफल पार्न खोजेपछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा हत्या गरेका छन् ।

झिम्रुक गाउँपालिका वडा नम्वर( ५ नेपाने निवासी २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृृष्टी जिसीले विष सेवन गरेको कुरा ढिलो गरी बाहिर आएको छ । शनिवार उनिहरुले गरेको देह त्यागको कुरा विवादका कारण आईतबार सहमति जुटेपछि मात्र बाहिर आएको हो । परिवारजनले सहमति पश्चात आज विहान शब बुझि उनिहरुको अहिले एकैसाथ झिम्रुक घाटमा अन्त्यष्टि गरिदै छ ।

यता नजिकै प्रेमी बनेका दाजुको शब र उता प्रेमिका बनेकी बहिनीको शबमा दुबैका परिवार जनले दागवत्ती दिइरहँदा रोइ–कल्लाई कोलाहाल मच्चिएको थियो । कतिपयले भन्दै थिए बिचाराहरु आफुखुसी जसरी बाँच्थे–बाँच्थे स्वतन्त्र छाडिदिएको भए बरु यस्तो देख्न पर्दैन्थ्यो । उनिहरु एउटै छिमेकको करीब सय मिटर दुरी घर भएका १३ दिने दाजु भाईका छोरा छोरी थिए ।

यस्तो छ घटना विवरण

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनिहरु जेठको अन्तिम सातातिर भागी विवाह गरी भारततिर हिडेका थिए । त्यस क्रममा कृष्णनगर नाकामा पुग्दा माईती नेपाल भन्ने संस्थाले रोक्यो । त्यसपछि ती युवाको घरमा सो संस्थाले फोन ग¥यो । उनकी आमाले उनीहरु दाजु बहिनी हुन उपचार गर्न हिडेका हुन छाडिदिनुस् भनेपछि छाडियो । उनीहरु भारतको दिल्ली पुगे ।

फेरी युवतीकी आमाले त्यस माईती नेपालमा पुगेर मेरो सहमति बिना किन छाडियो भनेर आक्रोष पोखिन् । फर्केर आई झिम्रुक–५मा रहेको ईलाका प्रहरी कार्यालय मच्छिमा आई हाडनाता करणीे विरुद्धको उजुरी दिईन । प्रहरीले दुवै पक्षका अभिभावकलाई झिकायो । त्यहाँको चौकी प्रमुखले युवतीकी आमाको मागको आधारमा युवाको परिवारलाई एक हप्ता भित्र उनिहरुलाई भारतबाट नझिकाए जेल हाल्ने सम्मको धम्की दिए ।

अन्ततः दुवै जना त्यहाँबाट हिडे । युवाको भाई कृष्णनगर सम्म लिन गएका थिए । उनले दुवै जनालाई मच्छी ईलाका प्रहरी कार्यालयमा जेठ–३० गते साँझ लिएर बुझाए । अर्को दिन युवतीले म भारतमा बस्ने भएकोले १३ दिने दाजु भाई भएको आफुलाई थाहा नभएर माया प्रेम बस्न गएको बताईन् । युवाले त्यस गाउँका कतिपय घटनाको उदाहरण दिदै भने–‘अरुले भाउजु र आमा पर्नेसम्मलाई लगेका छन् भने हामीलाई किन रोक्नु हुन्छ, हामी एक अर्का बिना बाँच्नै नसक्ने भएका छौं ।’

उनिहरुको यस्तो प्रश्नबाट गाउँवासी थप आक्रोषित भएर उनिहरुलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय विजुवार लैजानु पर्ने माग राखे । त्यहाँबाट शिविल पोशाकमा एक जना प्रहरी जवानको साथ लगाएर उनिहरुलाई सार्वजनिक सवारी साधनमा राखेर लगियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com