अशोकले मन बिनाको गाउँदा थर्कियो मलेसिया, मलेसियामा रहेका नेपालीले भने ‘हामी तिम्रो घर बनाउन सघाउँछौँ’ (भिडियोसहित)


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

पछिल्लो समय एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी यतिबेला कार्यक्रमको शिशिलामा मलेसियामा रहेका छन् । झापा दमकका बहुप्रतिभाशाली बालक जो भिन्न स्वरका कारण छोटो समयमा नै चर्चाको शिखरमा छन् । उनै अशोक यतिबेला स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै मलेशिया पुगेका हुन्।

टंकको पूर्ण सहयोगमा मन बिनाको भन ठूलो कि भन बिनाको मन बोलको गीत बजारमा आएपछि ओकलाई यतिबेला भ्याई नभ्याई छ । कार्यक्रमको शिलशिलामा मलेसियामा रहेका अशोकले मलेसियामा कार्यक्रममा गाइरहँदा मलेसियामा रहेका नेपालीहरुले उनको स्वर निकै मजा लिएर सुनिरहेका थिए । सो अवसरमा मलेसियामा रहेका नेपालीहरुले अशोकको घर बनाउने कार्यक्रममा समेत साथ दिने प्रतिबद्धता दोहोर्याएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com