राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव


प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

-विजय थापा

बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् ।सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गर्नुभएको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव राखेका हुन् ।

‘राजनीतिक दलका नेता र प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघिबढाउन सकेनन्, अब हामीलाई तपाईंजस्ता कलाकार चाहिएको छ, नागरिक समाजले देश चलाउनुप¥यो’ डीसी नेपालको प्रत्यक्ष प्रसारणमा सहभागी सयौं नेपालीमध्ये अधिकांशको यही प्रश्न थियो । तर हमालले यस प्रश्नको कूटनीतिक जबाफ दिएका थिए, ‘सदाशयताका लागि धन्यवाद, हेरौं भविष्य के हुन्छ !’

स्मरण रहोस्, राजेशका पिता चूडाबहादुर हमाल पनि राजदूत थिए । उनको असामयिक निधन पाकिस्तानका लागि राजदूत नियुक्त भएपछि भएको थियो ।राजेशलाई अमेरिका ल्याउन यस पटक स्थानीय युवाहरु प्रकाश थापा, प्रिन्स युवराज कार्कीको योगदान रहेको छ भने अर्का युबा राजेन्द्रबाबु जोशी ले पनि बे एरियामा राम्रो समाज सेबा गरेको कुरा पाण्डेले जानकारी गराउनु भएको छ ।

राजेशले २३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । पाण्डेको निवासमा सम्पन्न रात्रीभोजमा बे–एरिया क्षेत्रमा रहेका विशिष्ट व्यक्ति, व्यापारी र उद्यमीहरु गरी करिब ४० सहभागीको उपस्थिति थियो । र अन्तमा पाण्डेले मौका आएमा राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव राख्नु को साथै हाम्रो समर्थन छ भनेर भन्नू भएको थियो।

rajesh hamal 1

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com