वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषणमा कमी


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ।

आर्थिक वर्ष २०५०्०५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७३्०७४ सम्म आइपुग्दा चार लाख नौ हजार श्रम स्वीकृति लिएर गएका छन्।

नेपाल राष्ट्र बैंकले गएको साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या उच्चदरमा  बढेको देखिएको हो। चालू आर्थिक वर्षमा हालसम्म तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार आधा करोड नेपाली रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिवेदनअनुसार विप्रषण आप्रवाह विगतको तुलनामा उल्लेख्य रूपमा बढ्दै  आए पनि पछिल्ला वर्षमा यसको वृद्धिदरमा कमी आएको छ। आर्थिक वर्ष २०७१्०७२ मा १३।६ प्रतिशत, आर्थिक वर्ष २०७२्०७३ मा ७।७ प्रतिशत र आर्थिक वर्ष २०७३्७४ मा ४.७ प्रतिशतले मात्रै बढेको खबर छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com