न्युयोर्कबाट नदियाको “ नदिया लहर ”


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

युवा साहित्यकार नदिया लिवाङ्गकोे पहिलो कविता संग्रह “ नदिया लहर ” न्यूयोर्कमा विमोचन भएको छ । नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृशु क्षेत्रीले एक समारोह बीच कविता संग्रहको विमोचन गरेका हुन् ।

लामो समयदेखि कविता र गीत कोरिरहेका लिवाङ्गका कविताहरु विभिन्न सञ्चार माध्यमहरुमा पनि प्रकाशन भइरहेकोमा यस पटक ती प्रकाशित र अप्रकाशित सबै कविताहरुको संग्रह निकालेको लिवाङ्गले बताइन् ।

“ हरेक मानिसहरु मेरो विचारमा कवि हुन्, फरक यति हो कसैले त्यसलाई शब्दमा व्यक्त गर्छन् कसैले गर्दैनन् , ” उनले भनिन् ।

कार्यक्रममा बोल्दै वाणिज्यदूत क्षेत्रीले साहित्यकार लिवाङ्गको कविताहरुको प्रशंसा गर्दै उनको कवितामा छुट्टै भावहरु समेटिएको उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“ मित्र नदियाका कविताहरु धेरै पछि पढ्न पाइयो , मलाई खुशी लागेको छ,” क्षेत्रीले भने ।

५६ वटा कविता रहेको संग्रहबाट आफु उत्साहित रहेको बताउंदै लिवाङ्गले आफ्नो हरेक पाइलामा साथ दिने पतिका कारण आफ्नो साहित्यिक पाटो अझ फैलिएको बताइन् ।

“ मेरो श्रीमान् विश्व थापाको साथको कारण आज यो संभव भएको हो ,” उनले भनिन् ।

कार्यक्रममा साहित्यकार लिवाङ्गको कविता “एउटी छोरीको प्रतिज्ञा” लाई भिडियोमा उतारिएको थियो जुन कार्यक्रममा उपस्थित दर्शकहरुले निकै नै रुचाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com