ब्राजिलको स्विटजरल्यान्डविरुद्ध अग्रता,कोटिन्होको उत्कृष्ट गोल
प्रकाशित मिति : असार ३, २०७५ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/brasil.jpg?fit=1000%2C674&ssl=1)
रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्रतग उपाधि दाबेदार मानिएको ब्राजिलले स्विटजरल्यान्डविरुद्ध अग्रता लिएको छ ।
ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । काउन्टर एट्याकका क्रममा आएको बललाई उनले सीधै जालीको दिशा देखाएका थिए ।
खेलको ३३ औँ मिनेट चलिरहँदा समूह ई को खेलमा ब्राजिलले स्विटजरल्यान्डमाथि दबाब बढाइरहेको छ ।