प्रमुख जिल्ला अधिकारी बस्नेत र एसपी राठौर राडर गन बोकेर किन पुगे सडकमा ?


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

आजदेखि नारायणगढ मुग्लिन सडक खण्डमा टाईम काड लागु गरीने भएको छ ।
निमार्ण कार्य सम्पन्न भएपछि सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तिब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि टाइम कार्डको लागु गर्नुपरेको चितवन प्रहरी प्रमुख एसपी शुसिलसिहं राठौरले बताए ।

टाईम कार्ड लागु भएपछि दुर्घटनामा न्युनिकरण हुने भएकोले कार्डको व्यवस्था गर्नु पर्ने राठौरले बताए ।
पटक पटक विभिन्न पक्षसंग छलफल गरि टाईम काड लागु गर्नु पर्ने निष्कर्शमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

सडकमा छेउमा सडक सुरक्षाका लागी गर्नु पर्ने कुनै खाले ब्यवस्था नभईसकेको र छेउसम्मै पिच गरिएकोले यात्रामा जोखिम समेत रहेकोले गति नियन्त्रणका लागी टाईम काडको ब्यवस्था गर्नु पर्ने प्रुमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

पहिलो तहको कालोपत्रे सकिएपछि जेठ २३ गतेबाट २४ औं घन्टा सडक सन्चालनमा आएपछि साना सवारी साधनले २५ देखी ३५ मिनेटमा सो सडक पार गर्ने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उक्त सडकमा नियमित मापोसे र गति चेकिङ्गं गरिरहेको छ । राडर गनको माध्यामबाट सवारीको गति चेक गर्ने र तिब्र गतिमा गुडेका सवारी साधनलाई कारबाही गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।  सडकमा अधिक्तम ४० गति निर्धारण गरिएको छ ।

आईतबार विहान उक्त सडकमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । निमार्ण कम्पनिले सडक सुरक्षाका कुनै खाले प्रवन्ध नगरेको सवारी चालकहरुको गुनासो रहेको छ । आयोजनाले तेस्रो तहको कालोपत्रे यही आर्थिक वर्षभित्र सक्ने तयारी गरेको छ अनुगमनका क्रममा तिव्र गतिमा सवारी साधन चलाउने दश जना चालकलाई कारबाही समेत गरिएको एसपी राठौरले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com