प्रकाश र ज्ञानु दाहालको स्मृतिमा बृहत निशुल्क स्वास्थ्य शिविर


प्रकाशित मिति : असार २, २०७५ शनिबार

दिवंगत ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले आगामी असार ५ गते चितवनमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’ गर्ने भएको छ ।

चितवनको भरतपुर महानगरपालिका बडा नं १४ शिवनगरमा असार ५ गते हुने बृहत निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ चेक जाँच गरिने छ ।  शिविरमा विरामीलाई औषधि निशुल्क वितरण गरिने शिविर संयोजक सरस्वती दाहाल अधिकारी  ले जानकारी दिइन ।

ज्ञानु दाहाल क्यान्सर मेमोरियल ट्रष्ट नेपालकाे आयोजना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरको संयोजन भने भरतपुर महानगर वडा नं १४ ले गरेको हाे ।

बृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अथिति भरतपुर महानगर प्रमुख रेणु दाहालले गर्ने कार्यक्रम छ ।

असार ५ गते (मंगलबार) विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुने बृहत निुशल्क स्वास्थ्य शिविरमा उपस्थिति भई स्वास्थ्य चेकजाँच गरि यथोचित लाभ लिन आयोजकले सम्पूर्ण महिलाहरुलाई अनुरोध गरेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com