‘प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कटिबद्ध छु’ -अमेरिकाका पर्यटन दुतमा नियुक्त दवाडी


प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

– विजय थापा

अमेरिकाका  पर्यटन दुतमा नियुक्त दवाडीले आफूलाई नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कटिबद्ध रहेको बताएका छन्। पर्यटन दूतमा नियुक्त भए पछि आफु निकै उत्साहित भएको र आफुले गर्ने कुनै कर्तब्यमा आफु नचुक्ने र पछि नहट्ने बताए ।

अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाडीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेकोहो । नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले दवाडीलाई गत जुलाई ८, २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो । क्यालिफोर्निया सनफ्रान्सिस्को तथा अमेरिकाको पश्चिम क्षेत्रको लागि दवाडीलाई उक्त पदमा नियुक्त गरेको हो ।

झन्डै अढाई दशक देखि नेपाल तथा अमेरिकामा पर्यटन (ट्राभल एजेन्सी)ब्यबसायमा संलग्न दवाडी नेपाली हस्तकलाका सामानहरु निर्यातमा पनि अनुभव रहेको छ। अमेरिकामा रहेका विभिन्न सामाजिक संघ-सस्थाहरुमा नेतृत्व प्रदान गरेका दवाडी क्यालिफोर्नियाको पुरानो सामाजिक संस्था नेपाली एसोसिएसन् अफ नर्दन क्यालिफोर्निया पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाको वर्तमान सल्लाहकार समेत रहेका छन् ।

नेपालमा पर्यटन आगमन वढाउन, सकरात्मक प्रचार प्रसारका लागि पर्यटन बोर्डले विदेशका विभिन्न शहरमा पर्यटन दुत नियुक्त गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com