Follow @khasokhasmag

तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन्तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन्


प्रकाशित मिति : असार २, २०७५ शनिबार

भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन् । पटुकी फिल्मका निर्माता म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्ममा उनी देखा पर्न लागेकी हुन् ।

तेरियासँग स्क्रिन रोमान्स भने निर्माता म्याकका छोरा बिर्जन मिजारले गर्ने छन् । उक्त जोडीलाई प्रस्तुत गरिन लागेको फिल्मका नाम भने हालसम्म तय भएको छैन ।

पटुकीले व्यवसायिक सफलता हात नपारेपछि म्याकले अर्को प्रयास गर्न लागेका हुन् । छोरा नायकको रुपमा देखिने फिल्ममा म्याक टेन आफु भने भिलेन बन्ने बताइएको छ ।

सो फिल्ममा म्याक टेन, बिर्जन र टेरियाको साथमा रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहने बताइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com