निःशुल्क टिपिएस नविकरण कार्यक्रममा उत्साहजनक सहभागिता


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

तिन संस्थाको आयोजना तथा तिन कानुन व्यवासायीको सहयोगमा निशुल्क टिपिएस नविकरण सयौंको संख्यामा लाभान्वित भएका छन् । यही जुन १० र ११ तारिखका दिन न्यूयोर्कमा बलेवा समाज अमेरिका, एनआरएन न्यूयोर्क च्याप्टर र तमु परिवार न्यूयोर्कको आयोजना तथा क्षेत्री ल फर्म, फुलारा ल फर्म र गिरीजा गौतम ल फर्मको कानुनी सहयोगमा निशुल्क नविकरण कार्यक्रम भएको थियो ।

आयोजक संस्था बलेवा समाजका अध्यक्ष तथा यस कार्यक्रमका संयोजक अनिल अधिकारीका अनुसार कार्यक्रममा ६६ जनाले टिपिएस नविकरणका लागि फारम भरेका छन्, भने सयौंको संख्यामा काुनन व्यवसायीबाट उचित परामर्श लिई लाभान्वित भएका छन् । उनले कार्यक्रममा उत्साह जनक सहभागिताले आफुहरु उत्साहित भएको जनाउँदै आगामी दिनमा समेत यस्तै कार्य गर्न आफुहरु उत्सुक रहेको जनाए ।

एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले कार्यक्रममा प्राप्त भएका फारमहरुलाई काुनन व्यवसायी बासु फुलारा र गिरीजा गौतमले हस्ताक्षर गरेपछि मात्रै सम्वन्धित निकायमा पठाइने जानकारी दिए । अधिकारीले अमेरिकाका बिभिन्न राज्यबाट कार्यक्रम थप गर्न आग्रह भईरहेको र त्यसबारेमा छलफल भईरहेको जानकारी समेत दिए ।

आयोजक संस्था तमु परिवारका अध्यक्ष डम्बरजंग गुरुङले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण धन्यवाद दिँदै बिशेषगरी काुनन व्यवसायी बासु फुलारा र गिरीजाप्रसाद गौतमप्रति बिशेष आभार व्यक्त गरेका छन् । उनले कानुन व्यवसायीको सहयोगले मात्रै कार्यक्रम सम्पन्न गर्न सकिएको र आफुहरु सहयोगी मात्रै भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुन व्यवसायी बासु फुलाराले कार्यक्रम बारे संक्षिप्त प्रतिकृया दिँदै भने, हामी यो समाजको एक हिस्सा हौं, हामी सामाजिक दायित्व बहन गरेर कार्यक्रममा सहभागि भएका थियौं, आगामी दिनमा समेत यसैगरी सहभागि हुने सक्दो प्रयास गर्नेछु । उनले आफुलाई प्राप्त फारमहरु पुनः निरिक्षण गरेपछि मात्रै सम्वन्धीत निकायमा पठाइने जानकारी दिए ।

अर्का कानुन व्यवसायी गिरीजाप्रसाद गौतमले यस्ता अनुकरणिय सामाजिक काममा सहभागि हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत आफुले समुदायका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफुलाई प्राप्त भएका फारमहरु निरिक्षण गरेर पठाउने जानकारी दिए ।

यस्तै न्यूयोर्क ज्याक्शन हाइटस्थित आरभ इन्कका संचालक व्यवसायी रवि गौतम, व्यवसायी तथा समाजसेवी यादव बास्तोला र क्षेत्री ल फर्मका धनन्जय बरालले कार्यक्रममा सहभागिहरुको फारम भरेर सहयोग गरेको आयोजक संस्थाले जानकारी दिएका छन् ।

नेपालमा गएको महाभुकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टेम्प्रोरी प्रोटेक्ट स्टटस अर्थात टिपिएस दिएको थियो । नेपालीहरुका लागि दिएको यस्तो टिपिएस अमेरिकी सरकारले एक बर्षका लागि थपेको छ । अमेरिकी सरकारले वेभसाइट मार्फत टिपिएस होल्डरहरुलाई समयमै आफ्नो स्टाटस मेनटेन गर्न आग्रह गरेको छ । टिपिएस होल्डरहरुले मे महिनाको २२ तारिख देखी जुलाई २३ तारिख सम्म आफ्नो टिपिएस स्टाटस नविकरण गरि सक्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com