फेसबुकमा भाइरल बनेकी तरकारीवाली भन्छिन् ‘अब तस्बिर खिच्न दिन्न ’


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

तरकारीवालीका नामले सामाजिक सञ्जालमा भाइरल बनेकी कुशुम श्रेष्ठले आफू लोकप्रिय भएकोमा रमाइलो लागिरहेको प्रतिक्रिया दिएकी छन् । महिलाखबर डट कमसँगको टेलिफोन कुराकानी उनले सवैभन्दा पहिला आफूसँग सँगै पढेको साथीले फेसबुकमा आएको आफ्नो फोटो म्यासेन्जरमा पठाइदिएपछि थाहा पाएको बताइन् ।

फोटो खिचेको थाहा थियो भन्ने जिज्ञाशामा उनले भनिन् ‘थाहा थिएन, साथीले तिम्रो फोटो फेसबुकमा आएको छ हेर भनेर म्यासेन्जरमा पठाएदिइन् ।’ ‘आफ्ना बारेमा आएका समाचारहरू पढिरहेकी छु’ उनले थपिन् ।

गोर्खा वाङलिङकी कुशुम अहिले चितवनको माडीमा कोयष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छन् ।   चितवनमा रहेका आफ्ना काकाको घरमा उनी बस्दै आएकी छन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । ‘दसैंतिहारको विदामा घर गोर्खा आएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी थिएँ’ उनले भनिन् ।

बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुशुमले घर आएका बेला बुवा आमालाई सघाउने गरेको बताइन् । पाकिस्तानमा चिया बेच्ने युवक अरसद खानको उदाहरण दिँदै तपाइलाई पनि चलचित्र खेल्ने वा मोडलिङ गर्ने प्रस्ताव आएमा गर्नुहुन्छ भन्ने महिला खबरको जिज्ञाशामा उनले यस्तो कामको प्रस्ताव आएमा आफूले गर्ने बताइन् । कुरैकुरामा उनले भनिन् ‘अब तस्बिर खिच्न दिन्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले त्रिशुलीमा पर्यटकलाई र्‍याफ्टिङ गराइसकेर पारी पट्टीको गाउँमा घुमाउन लैजाने क्रममा गोर्खा र चितवन जोड्ने फिस्लिङको झोलुङे पुलमा उनको तस्बिर खिचेको महिला खबरलाई बताए । उनले भने ‘गोलभेंडाको क्रेट बोक्ने ती नानी पढेलेखेकी तर सरल लाग्यो र फोटो खिचें, फेसबुकमा राखेको केही छिन मै फोटो भाइरल भएछ, मलाइ पनि थाहा थिएन ।’

गत शुक्रवार उनले कुशुमका दुईवटा र एउटा गालभेंडाको क्रेटको फोटो आफ्नो फेसबुकमा राखेका थिए । ‘शनिवार व्यस्त भएर आइतवारमात्रै फेसबुक खोल्दा फोटो लोकप्रिय भइसकेको रहेछ’ उनले भने । पर्यटन व्यवसायी भएकाले गाउँले जीवनको तस्बिर खिच्नु आफ्नो शोख भएको उनले बताए ।

ती बहिनीको फोटोको बारेमा धेरै प्रचार भएपछि उनलाई समस्या पर्छ की भनेर डराएर फोटो तुरुन्तै फेसबुकबाट हटाएको उनको भनाइ थियो । भने ‘मैले खिचेको फोटोका कारण उनको व्यक्तिगत र सामाजिक जिवनमा समस्या भयो भने मलाई गाल पर्छ भनेर हटाएको हुँ ।’ तर उनले फोटो हटाइसक्दा उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

उनको यो तस्विर करोडौंले हेरेका छन् भने फेसबुकमा कुसुमको नाम खोज्नेहरूपनि लाख भन्दा बढी भइसकेको छन् ।

महिलाखबरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com