अमेरिकी राष्ट्रपतिले गरे दिपावली, सबैलाई दिए शुभकामना


प्रकाशित मिति : कार्तिक १५, २०७३ सोमबार

 

अमेरिकी राष्ट्रपति बराक ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा दिपावली गर्नुका साथै दिपावलीको अवशरमा सबैलाई शुभकामना दिएका छन् । दिपावलीको अवशरमा शुभकामना दिदै ओबामाले भनेका छन् – ‘अमेरिका र विश्वभर उज्यालोको पर्व दिपावली मनाउनेहरु सबैलाई दिपावलीको शुभकामना ।’

यो पर्व नराम्रोमाथि राम्रोको विजय र उदासिनतामाथि ज्ञानको विजयको रुपमा मनाइने कुरा आफूहरुले स्वीकारेको बताउँदै ओबामाले सन् २००९ मा आफूले पहिलोपटक ह्वाइट हाउसमा दिपावली उत्सव आयोजना गरेको स्मरण गरेका छन् ।

ओबामाले भनेका छन् – ‘मैले सन् २००९ मा ह्वाइटहाउसमा दिवावलीको उत्सव मनाउने पहिलो राष्ट्रपतिका रुपमा आफूलाई गौरवान्वित महसुस गरेको थिएँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओबामाले मुम्बईमा दिवापलीका क्रममा आफू र मिशेललाई गरिएको स्वागत कहिले पनि नबिर्सने बताएका छन् । यसपटक ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा दियो बालेर दिपावली मनाएको जनाएका छन् । दिपावलीको अवशरमा ह्वाइट हाउसको ओभल अफिसमा दियो बालिएको यो नै पहिलो पटक हो ।

सम्पूर्ण ओबामा परिवारका तर्फबाट अमेरिकी राष्ट्रपति ओबामाले दिपावलीको अवशरमा सुखशान्तिको शुभकामना दिएका छन् ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत एलाइना टेप्लिजले पनि आफ्नो निवासमा दियो बालेर र रंगोली बनाएर दिपावली मनाएकी छिन् ।

14570476_1120146244689100_1790418239758862190_n

14572407_1120146178022440_5169879016483811530_n

14883687_1120146318022426_8663349597201141513_o

14908289_1120146331355758_1889659312014702651_n

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com