शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५, ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन लगिएको हो ।

त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको विमा गर्ने व्यवस्था मिलाईने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, एक बर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालन गरिने भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com