सामाजिक सुरक्षा भत्तामा वृद्धि नभएपनि वृद्धवृद्धाको एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

cy{dGqL 8f vltj8f ah]6 k|:t’t ug{ ;+;bdf cy{dGqL 8f o’j/fh vltj8f ;+3Lo ;+;bdf d+unaf/ k|:t’t ul/g] cfly{s jif{ @)&%÷)&^ sf] jflif{s ah]6 tyf sfo{qmd /flvPsf] Jofu b]vfpg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सरकारले आगामी वर्ष सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेको छैन।
सरकारले अब सामाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेट मार्फत घोषणा गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ । अब ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६० वर्षदेखि नै यो भत्ता पाउँछन् ।

सरकारले बजेटमार्फत अब समाजिक सुरक्षा कार्यक्रमलाई योगदानमा आधारित बनाउँदै लैजाने घोषणा गरेको छ । अब दोहोरो समाजिक सुरक्षा हटाउने घोषणा बजेटले गरेको छ ।

नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या झण्डै २५ लाख छ । जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष २०७४र७५ को आर्थिक सर्वेक्षणले देखाएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com