काठमाडौं उपत्यकामा खानेपानी चोरिएको यो तस्विर भाइरल भएपछि….


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग गरिएको तस्बीर राष्ट्रिय समाचार समिति (रासस) मार्फत सार्वजनिक भएपछि सोधखोज शुरु भएको छ ।

खानेपानी महसुल निर्धारण आयोगले जेठ १४ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेखी पानी चोरी भएको सम्बन्धमा छलफलका लागि बुधबार बोलाएको अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने वाग्मतीको पानी गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा मूल पाइपबाटै ड्रिल गरी वितरण गरिएको छ ।

नगरपालिका– २ र ४ जोड्ने कोलमती खोलामा ड्रिल गरी पानी बस्तीमा वितरणका लागि लगिएको तस्बिर राससबाट जेठ १३ गते आइतबार सार्वजनिक भएको थियो । यो तस्बिर अनलाइन पोर्टल र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो ।

यो तस्बिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइटमार्फत हेलो सरकारलाई समेत आवश्यक कारबाहीका लागि पठाइएको छ । वर्षौँदेखि खानेपानी चोरी भए पनि लिमिटेडले रोक्नका लागि कुनै पहल गरेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिमिटेडका महाप्रबन्धक महेशप्रसाद भट्टराई आयोगबाट आएको पत्र र तस्वीर हेरेपछि महाँकालचौर शाखालाई त्यस सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको बताउँछन् ।

“उपत्यकाका अधिकांश मुहानस्थलमा पहिले बस्ती पातलो थियो, त्यसैले वितरण सञ्जाल बनेको थिएन, बस्ती बढेपछि सञ्जाल नबनाई मूल पाइपबाटै पानी वितरण गरिएको छ, प्राविधिक रुपमा मूल पाइपबाट पानी वितरण गर्नु गलत हो”–उनले भने ।

उपत्यकामा वितरण भएको पानीमध्ये ४० प्रतिशत चुहावट भइरहेको लिमिटेडकै प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदन १० वर्ष अघिको अध्ययनका आधारमा तयार गरिएकाले हाल अझ बढी चुहावट हुनसक्ने लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताए । चुहावट कति छ भन्ने विषयमा पछिल्लो अध्ययन नभएको लिमिटेडले जनाएको छ ।  जनताले मेलम्चीको प्रतीक्षा गरिरहेकाले यस्ता कुरामा वास्ता नगर्ने दाबी समेत उनको भनाई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com