‘नेपाली मौलिकतामा आधारित उत्कृष्ट शासन व्यवस्था गणतन्त्र’
प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रनिर्माणको महान अभियानमा योगनदान पुरुयाउन सबैलाई आव्हान गरेका छन्। ११औं गणतन्त्र दिवसको अवसरमा मंगलबार राजधानीको टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दे ओलीले पुराना, अनुचित र असान्र्दभिक सोच छोडेर राष्ट्रनिर्माणको महान अभियानमा अग्रसर हुन आव्हान गरेका हुन्।
यो अवसरमा राष्ट्रिय भावधारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ मुलुकमा अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता क्रियाकलापमा सहभागी हुनु कुनै पनि अवस्थामा उचित नहुने भन्दै ओलीले सम्वृद्ध र सुखी नेपाल निर्माणमा सहभागी आग्रह गरे। गणतन्त्र केवल राजनीतिक विषय मात्र नभई समग्र सामाजिक रूपान्तरणको विषय भएकाले सम्पुर्ण नेपालीको उत्सवको रुपमा मनाउदै देश विकासको अभियानमा जुट्न आग्रह गरे।
‘देशको मुल कानुनलाई समेत कुनै बंश विशेषका उत्तराधिकारीको खल्तीको पर्चा जस्तो मान्ने तथा कानुन, संविधान र सबै भन्दा माथि त्यस्ता शासकलाई राख्ने पद्धतिको अन्त्य गर्दै सार्वभौमसत्ता केबल जनतामा मात्रै निहित छ भन्ने संबैधानिक रुपमा नै प्रत्याभुत गरिएकाले गणतन्त्र दिवस नेपाली जनाताको साझा दिवस हो।’ ओलीले भने ‘आजको दिनलाई जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो।’
एक दशक अगाडि आजकै दिन गणतन्त्र घोषणा गरेको स्मरण गर्दै एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिनको रुपमा गणतन्त्र दिवसलाई बुझ्नुपर्ने समेत बताए। गणतन्त्र नेपाली मौलिकतामा आधारित उत्कृष्ट शासन व्यवस्था भएको हुनाले विकास, समृद्धि, सुशासन एवं स्थिरता नै सरकारको गन्तव्य भएको रहेको समेत उद्घोष गरे। लक्ष प्राप्तीका लागि विगतका असान्र्दभिक नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने ओलीको भनाइ थियो।





