फेसबुकमा अश्लील तस्बिर राखेर राष्ट्रपति र प्रधानमन्त्रीको अपमान गरेको भन्दै कावासोतीबाट एक जनालाई पक्राउ गरिएको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरलाई फोटोसपको उपयोग गर्दै आपसमा अँगालो हालेको बनाएर आफ्नो फेसबुकमार्फत सेयर गरेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती–१ निवासी सुरज भुसाल भनिने २९ वर्षीय तोयराज भुसाललाई पक्राउ गरिएको हो । उनलाई साइबर अपराधसम्बन्धी थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।