अब विद्यार्थी फेल भए शिक्षकलार्इ सजाय हुने


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

Illustration

काठमाडाैं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ।

राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए त्यस्ता शिक्षकको तलब वृद्धि रोकिने प्रावधान रहेको छ।

महानगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षा नियमावलीमा प्रधानमअध्यापक र शिक्षकको नियुक्ति तथा काम कर्तव्य र अधिकार शीर्षको २०औँ बुँदामा यस्तो व्यवस्था गरेकाे नागरिक दैनिकले छापेकाे छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com