आज गणतन्त्र दिवस पारेर ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गरिदै
प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार
सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ। कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।
सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ। विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० हजार ८ सय १५ कैदी–बन्दी रहँदै आएका छन्। यसमध्ये पुरुष १८ हजार ३ सय ३६, महिला १ हजार ३ सय २७, विदेशी १ हजार ६९ र बालबालिका २ सय ५८ जनाले कैद भुक्तान गरिरहेका छन्। यस्तै काभ्रेपलाञ्चोकमा २० जना र लमजुङमा २ जना मानसिक बिरामी कैदीबन्दी रहेका छन्।





