जातीय विभेद विरुद्ध आमा समूह


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

जातीय विभेदका विरुद्ध महिलाहरू आफै अग्रसर हुन थालेका छन् । ओखलढुंगाको गाम्नाङ्गटारका महिलाहरू दुई वर्षदेखि निरन्तर जातीय विभेदका विरुद्ध अभियान संचालन गरिरहेका छन् ।

धार्मीक तथा सांस्कृतिक रुपमा दलितहरुलाई गरिने विभेदका विरुद्ध महिला समूहले यो अभियान थालेका हुन् । ब्राह्मण समुदायको बाहुल्यता रहेको लिखु गाउँपालिका ६ तथा साबिकको गाम्नाङ्गटार ३ का महिलाहरुले हरेक १५ दिनमा धार्मीक तथा सांस्कृतिक कार्यक्रम गर्दै जातीय विभेद विरुद्ध समाजलाई चुनौती दिदै आएका हुन् ।

हिजोका दिनसम्म स्थानीय गैर दलितको घरको दलिनसम्म छुन नपाएका दलित समुदायका मान्छेहरू अहिले उनीहरुकै घरभित्र आयोजना गरिने भजनकिर्तनमा सहभागी भई प्रसाद समेत खान पाउदा निकै खुसी भएको स्थानीय माया सार्कीले बताइन् ।

आमा समूहको पहलमा हरेक १५ दिनमा पालैपालो गरेर हरेकको घरमा राधाकृष्णको आराधना गरिन्छ । जसमा दलित र गैर दलित सबै उपस्थित हुन पाउँछन् । त्यसले दुई समुदायबिचको सम्बन्धलाई बलियो बनाउँदै लगेको स्थानीय लालप्रसाद भट्टराईले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘विगतमा दलित र गैर दलितबिच बोलचाल समेत हुँदैनथ्यो । नवोदित आमा समूहको पहलमा अहिले दुवै समुदायको एउटै चौतारो छ । दुवै समुदायका महिलाहरू एउटै समूहमा आवद्ध भएर समाज सुधारका लागि क्रियाशील छन्’ भट्टराईले भने ।

आमा समूहको पहलमा गाम्नाङ्गटारमा महिला स्वास्थ्य, प्रजनन् शिक्षा, किशोरी तालिम लगायत महिला शसक्तीकरणका कार्यक्रम हुने गरेको स्थानीय बाबा भट्टराई घिमिरेले बताइन् ।

आमा समूहले स्थानीयस्तरमा रहेको वन संरक्षण गर्नेदेखि महिला तथा किशोरीहरुको नेतृत्व विकासमा पुर्याइरहेको टेवा प्रशंसायोग्य रहेको पनि बाबाको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com