नेकपा दल दर्ता प्रक्रिया रोकियो


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

नाम र केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी दल दर्ता प्रक्रिया रोकिएको छ ।

पार्टी दर्ताका लागि जेठ ३ गते नै आवेदन दिएको भए पनि निर्वाचन आयोगले छलफल गर्न बाकि भन्दै अहिलेसम्म दर्ता प्रमाणपत्र उपलव्ध नगराएको हो । आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि नेकपाले नामको मुनी अन्डरलाईन लगाउँदै दर्ताको लागि आग्रह गरेको थियो । यसैबिच नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दल दर्ताको लागि थप कागजपत्र सहित सोमबार निर्वाचन आयोग पुगेका छन् ।

सो पार्टीका नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायतले आयोगमा पुगेर ४ सय ४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता प्रमाणपत्रको फोटोकपी तथा अन्य आवश्यक विवरण बुझाएका हुन् । विवरण बुझाएपछि प्रतिक्रिया दिँदै नेम्वाङले नामको विषयमा निर्वाचन आयोगमा विचाराधिन रहेको बताउँदै आयोग निर्णय मान्य हुने बताउनुभयो ।

त्यस्तै नेकपा नेता देव गुरुङले पार्टीको नियमावली बन्दै गरेकोले बुझाउन बाँकी रहेको बताउनुभयो । उहाले राजनीतिक दलसम्बन्धी ऐनमा ३३ प्रतिशत महिला प्रतिनिधत्वको व्यवस्था भए पनि व्यवहारमा लागू भईनसकेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपाले पार्टी एकता गर्ने निर्णय, केन्द्रिय समितिको नाम, सचिवालयको नाम, घोषणापत्र आयोगमा बुझाइएको छ । नेकपाले एकता पछि ४ सय ४१ जनाको केन्द्रिय समिति बनाएको छ तर केन्द्रिय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता भने पुगेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com