आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा : यसरी गर्नुहोस……


प्रकाशित मिति : कार्तिक १४, २०७३ आईतबार

आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा । सर्वत्र धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ।

सफासुग्घर, लिपपोत नगरिएको र बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ।

आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। आजको दिनमा महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गर्ने गरिन्छ।

यस वर्ष लक्ष्मीपूजाको शुभ साइत सिंह लग्नमा राति १० बजेर १८ मिनेटदेखि १२ बजेर ३५ मिनेटसम्म रहेको छ। लक्ष्मी पूजा गर्दा आफू पश्चिम दिशामा फर्केर लक्ष्मी र गणेशको मूर्ति पूर्वतिर फर्काउनुपर्छ। पश्चिम दिशामा २७० डिग्रीमा फर्किएर पूजा गर्दा समृद्धि प्राप्त हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रमा उल्लेख गरिएअनुसार पूजा तथा आरती गर्दा गरे लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ।

कसरी गर्ने लक्ष्मीको पूजा तथा आरतीरु आरतीका लागि एउटा पूजाको थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने। आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फूल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः

ऊं या श्रीस् स्वयं सुकृतिनां भवनेष्वलक्ष्मीस् पापात्मनां कृतधियां ह्रदयेषु बुद्धिस्।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास् स्म परिपालय देवि विश्वम्।।
ऊं श्रीमहालक्ष्म्यै नमस्, मंत्रपुष्पांजलिं समर्पयमि।

मन्त्र पढिसकेपछि फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः

आवाहनं न जानामि न जानामि विसर्जनम्।
पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।।
सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे।
भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।।

यसपछि पुनः प्रमाण गरेर

ऊं अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मीस् प्रसीदतु।
भन्दै जल चढाउने। ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने।

पूजाको विसर्जन चामल लिएर गणेश, लक्ष्मी र अन्य देवीदेउतालाई चढाउँदै मन्त्र भन्नेः

यान्तु देवगणास् सर्वे पूजामादाय मामकीम्।
इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com