नेपालका चर्चित मोडलहरु ‘किङफिसर फेशन शो’ मा


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

नेपालका चर्चित मोडलहरु दिक्पाल कार्की, सविता कार्की, आस्था पोखरेल र सनिश शाक्य किङफिसर फेशन शोमा देखिएका छन् । काठमाडौंको बौद्धमा रहेको हायात होटलमा भएको किङफिसर रन वे फेसन शोमा उनीहरु र्याम्पमा उत्रिएका हुन् । शो स्टपरका रुपमा कलाकार प्रियंका कार्की तेन्जिङ छेतेन भुटियाको डिजाइनमा र्याम्पमा उत्रिएकी थिइन् ।

रवि खेतानको व्यवस्थापनमा भएको शोको कोरियोग्राफी सनिश शाक्यले गरेका थिए । नेपालमा किङफिसर बियर लन्च गरेको अवशरमा कार्यक्रमको आयोजना गरिएको थियो । किङफिसर रन वे फेसन शोमा अन्य मोडलरहरुले पनि रौनक थपेका थिए ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com