यी हुन् अमेरिका पलायन अभिनेत्री


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

कलाकारका रूपमा पाइला टेकेपछि सुटक्क अमेरिकाको भिसा ‘ट्राइ’ गर्नेहरू ह्वात्तै बढेका छन् अहिले । हुन त यो नौलो खबर भने होइन । तर, पछिल्लो समय अभिनयमा राम्रै जमेका र मनग्य आम्दानी गरिरहेका कलाकर्मी पनि अमेरिकामै ‘सेटल’ हुने दाउमा रहेको पाइन्छ ।
कतिपय कलाकार भने अमेरिकामा बसाइँ सरिसकेका छन् । कतिपय नाम चलेका अभिनेता, अभिनेत्री पनि भिसा नपाएर टेन्सनमा छन् । अमेरिका उड्ने र उतै घरजम गरेर बस्ने अनि नेपाल आउँदा ठुल्ठूला गफ हाँक्नेहरू पनि कम छैनन् ।

थुप्रै नाम चलेका अभिनेत्रीले आफूलाई अमेरिकाको हावामा बहकाइसकेका छन् । तत्कालीन चर्चित अभिनेत्री कृष्टि मैनाली एकाएक पतिका साथ अमेरिका उडिन् । युगदेखि युगसम्म, अधिकार, कसम, राधाकृष्ण, लक्ष्मीपूजालगायत थुप्रै फिल्मकी चर्चित अभिनेत्री कृष्टि अमेरिका पुगेको झन्डै दुई दशक पुग्न लागिसक्यो । तर, उनी त्यसपछि स्वदेश फर्किएको थाहा छैन ।

अर्की चर्चित अभिनेत्री सारंगा श्रेष्ठ पनि अमेरिका बस्न थालको डेढ दशक भयो । केही समयअघि स्वदेश आएकी सारंगाले विदेशमा दुईपटक बिहे गरिन् । स्वदेशमा हुँदा उनी र रमेश उप्रेतीबीच राम्रै अफेयर चलेको थियो । उनीहरूबीच बिहे हुनेसम्मको हल्ला पनि चलेको थियो । लामो समय अमेरिका बसेर स्वदेश आएको वेलामा एक दशकअघि उनले शिव रेग्मीको युद्ध फिल्मको एउटा गीतमा नृत्य गरेकी थिइन् । उनी अमेरिकामा पति र सन्तानका साथ रमाइरहेकी छिन् ।

पूजा चन्दले पनि अमेरिकाको बाटो तताइन् । पति सुरज चन्दसँग सम्बन्धविच्छेद गरेको केही वर्षपछि उनी अमेरिका उडेकी हुन् । पाँच वर्षअघि काठमाडौँ आएको वेला उनले गीतिसंग्रह कसरी सम्झाऊँ सार्वजनिक गरेकी थिइन् । एल्बम चलेन । त्यसपछि अमेरिका फर्किएकी उनले दुई वर्षअघि राजु लामा नामक युवासँग दोस्रो बिहे गरिन् । केही समयअघि पनि उनी नेपाल आएकी थिइन् । तर उनी अमेरिकामै रमाउने गर्छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्देशक दीपक श्रेष्ठसँगको अफेयरका कारण चर्चा बटुल्ने गर्थिन् युना उप्रेतीले । उनलाई दीपकले पर्खिबसेँ, हिम्मत–२ लगायतका फिल्ममा हिरोइन बनाए । तर, उनले फिल्ममा अपेक्षाकृत सफलता हासिल गरिनन् । त्यसपछि उनी पनि उडिन् अमेरिका । अमेरिका पुगेको केही समयपछि उनले त्यहीँ बस्ने एक पुरुषसँग बिहे गरेको खबर आयो ।

 

एक दशकअघि अमेरिका पुगेकी जल शाह हालै दोस्रोपटक काठमाडौँ आइन् । अमेरिका पुगेको केही समयपछि त्यहीँ निवासी शरद रिमालसँग बिहे गरेकी जल एक छोरीकी आमा हुन् । अस्वाभाविक मोटाइका कारण उनलाई देख्ने, भेट्नेहरू चकित पर्ने गरेका छन् । जल अझै पनि फिल्म अभिनय गर्ने चाहना व्यक्त गर्छिन् ।

अभिनय गरेका कुनै फिल्मले पनि उल्लेख्य सफलता हासिल नगरेपछि तनावमा रहने गरेकी अभिनेत्री नन्दिता केसी पनि अमेरिका पलायन भएकी छिन् । उनी केही महिनाअघि अमेरिका उडेकी हुन् । उनी अमेरिकामा बसेर ग्रिनकार्ड हात पार्ने चक्करमा छिन् ।

हास्यअभिनेता स्व. गोपालराज मैनालीकी सुपुत्री सज्जा मैनाली अमेरिका पसेको डेढ दशक भइसक्यो । उनी बिहेपछि पति ओम भट्टराईका साथ अमेरिका उडेकी हुन् । त्यसपछि उनी स्वेदश फर्किएकी छैनन् । नौ डाँडापारि, मनको टुक्रा, गोरेटो, सावधानलगायतका फिल्मकी हिरोइन सज्जा फिल्म तथा सञ्चारकर्मीको सम्पर्कमा आउन भने मन पराउँदिनन् । सज्जा र निखिल उप्रेतीबीच अफेयर चलेको थियो ।

पति शंकरका साथ क्यानडा  हुँदै अमेरिका पसेकी ऋचा घिमिरेले त्यहाँ पुगेर दुई सन्तानलाई जन्म दिइसकेकी छिन् । उनी तत्काल स्वदेश फर्कने योजनामा छैनन् । ऋचापछि अरुणिमा लम्साल पनि पति अमितका साथ अमेरिका पुगिन् । उनीहरू पनि ग्रिनकार्डको चक्करमा रहेको बताइन्छ ।

पुराना बलिउड अभिनेता राहुल रोयका साथ इन्डिया  हुँदै अमेरिका पुगेकी उषा पौडेल अभिनेता सुधांशु जोशीसँग बिहे गर्ने तयारीमा छिन् । सुधांशुले जेठी पत्नीसँग सम्बन्धविच्छेद गरी उषासँग बिहे गर्न लागेका हुन् ।

अमेरिका जाने–आउने गरेका हिरोइन पनि थुप्रै छन् । अमेरिकाले भिसा नदिनाले इन्तु न चिन्तुको अवस्थामा पुगेका अभिनेत्री पनि थुप्रै छन् ।

नयाँ पत्रिकाबाट । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com