श्रेष्ठले सुनारलाई दिए गोडाधोएर कन्यादान (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

-प्रेम सुनार

समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती , जातिय विभेद निको पार्ने ओखती । उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति । अनि जसले चम्काएको छ समाजमा सभ्यता र शिक्षाको ज्योति । यहि बुझ्न सकिन्थ्यो कि केहि दिन अघि गुल्मीका दलित युवा र पाल्पाकी श्रेष्ठ परिवारकी चेली विच भएको विवाह मण्डवको दृश्य देख्दा ।

सदरमुकाम तम्घासबाट चिल्लो कारमा चढेका दलित परिवारका वेहुला र वसभरी चढेका उनका सुकिला मुकिला जन्तीलाई स्वागत गर्न आतुर थिए पाल्पाको अर्गेलीका श्रेष्ठ परिवारहरु । अर्गेली अर्थात पारी रिडी घर भएका श्रेष्ठ परिवारकी छोरी सिर्जनाले रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धु्रव सुनार संग भागि विवाह गरेकी थिईन् ।

सुरुमा उनिहरु भागे पनि कतिपय अन्य परिवारको जस्तै सधैका लागि भाग्न र वहिस्कृत हुन परेन् । उनिहरुलाई श्रेष्ठ परिवारले सहर्ष स्वीकार ग¥यो र विधिवत विवाहको प्रस्ताव राख्यो । नभन्दै उनिहरुले यस जिल्लामै नमुना अन्तरजातिय विवाह गरेर देखाइदिए । श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन ।आफन्तजनबाट पानी बाराबारको तृच्छ बचन सुन्न परेन ।सबै एक मत थिए ।यताबाट गएका पुरै दलित समुदायका जन्तीहरुलाई पर्छिनका लागि श्रेष्ठ परिवार स्वागत गर्न रिडीको पुल सम्म आई पुगेका थिए । श्रेष्ठ परिवारको घरै अगाडी आई पुग्दा सिर्जनाका दाजु र भाउजु, दिदी वहिनीहरु जन्ती पर्छिन आई पुगे ।

जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनिहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो । श्रेष्ठ परिवारका सवै सदस्य र उनिहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत सत्कारका साथ जन्ती बटाए ।सम्देलो गर्न सिर्जनाकी आमा सुरुमा आईन् । सम्दीना अम्वीका सुनारलाई बाँजोडेर चिनो साटा साट गरिन् । उनका श्रीमानको मृत्यु भइसकेकाले सम्दी टोपबहादुर सुनारलाई पनि उनि र उनका जेठा छोराले औठी लगाई दिएर सम्देलो गरे । त्यो दृश्य नियाल्न पारी पट्टी निकै मानिसहरुको घुईचो थियो ।

अव उच निच जातपात हरायो भनेर भन्नेहरुको पनि गाईगँुई थियो । अहिले कतिपय दलित परिवारका विवाह भोज भतेरहरु दुई वटा बनाएर आफैले विभेदलाई संस्थागत गर्न खोजिरहेका वेला त्यस श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।जिल्लामा सम्भवत यस्तो विवाह पहिलो पटक भएको होला भनेर जन्ती र यस जिल्लाका दलित अधिकारकर्मीहरुले बताए ।

वेहुलाका भेनाको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले त्यस विवाहलाई अहिले सम्मकै उदाहरणीय विवाहको सज्ञा दिए । रिडी नै घर भएका त्यस विवाहमा शरिक नेकपा एमालेका अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जानथाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए ।

सुनार परिावार तम्घासका पुर्खेयौली देखि खानदानी परिवार मानिन्छन् ।

उनिहरु सदरमुकाम तम्घासका पुराना सुन चाँदी व्यवसी पनि हुन् । सिर्जनाका माईतजन पनि प्रतिष्ठीत परिवारका हुन् । यि दुई सम्पन्न परिवार विच भएको विधिवत अन्तरजातिय विवाहलाई अव सवैले सहजरुपमा लिएर बढवा दिन जरुरी देखिन्छ ।

14593370_1207355652654876_1156971994_n

shrestha-sunar-marrigiage

14593593_1207355965988178_1564489830_n

14593320_1207355569321551_687026082_n

14585410_1207356125988162_379191074_n

14585331_1207355382654903_502462246_n

14555616_1207356302654811_1485982079_n

14580314_1207355679321540_1001488631_n

14569213_1207355422654899_664873173_n

14569123_1207355712654870_249798162_n

14555979_1207355232654918_1815713306_n

स्रोत : गुल्मी न्युज

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com