अमेरिका निवासी पत्रकार सूर्य थापाको टेलिभिजन शो आइतबार राती नेपाल टेलिभिजनमा


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

टेलिभिजन पत्रकारितामा चर्चित अमेरिकाको टेक्सास निवासी नेपाली पत्रकार सूर्य थापाले नयाँ टेलिभिजन शो ‘यु स्टार्ट अगेन’ हरेक महिनाको दोश्रो र अन्तिम आइतबार राती १० बजे नेपाल टेलिभिजन सम्बद्ध एनटीभी प्लसमा प्रशारण हुने भएको छ । नेपालमा एबीसी टेलिभिजनमा लामो समय काम गरिसकेका पत्रकार थापासँग अमेरिकामा ह्वाइट हिमाल टेलिभिजनमा काम गरेको लामो अनुभव छ । उनीसँग नेपालमा एफ एम रेडियोहरु र पत्रपत्रिकाहरुमा समेत काम गरेको अनुभव छ ।

कार्यक्रम अमेरिकामा रहेका नेपालीहरुको बारेमा तयार पारिने प्रस्तोता सूर्य थापाले जानकारी दिएका छन् । कार्यक्रमको पहिलो भाग अमेरिकामा रहेका नेपालीहरुको समग्र अवस्था र कार्यक्रमको रुपरेखालाई समेटेर तयार पारिएको थापाले जानकारी दिएका छन् । अमेरिकाको बिभिन्न राज्यमा पुगेर निर्माण हुने कार्यक्रमका केही भागहरु तयार भईसकेका छन् ।

नेपालमा अधिकार प्राप्तीका लागि दोश्रो जनआन्दोलन चलिरहेको बेला पत्रकारितामा होमिएका पत्रकार हुन् सूर्य थापा । गुल्मी जिल्लामा जन्मेर राजधानीलाई पत्रकारिताको कर्मथलो बनाएका पत्रकार थापा जनआन्दोलनमा रिर्पोर्टिङ क्रममा घाईते समेत भएका थिए । एबीसी टेलिभिजनमार्फत उनले फिल्ड रिर्पोर्टिङ र लाइभ रिर्पोर्टिङमा अलग्गै पहिचान बनाएका थिए ।

सन् २०१० मा अमेरिका आइसकेपछि अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत वैदेशिक संचार केन्द्रबाट पत्रकारिताका लागि मान्यता पाएका थापाले त्यसपछि लगातार नेपाली समुदायका बारेमा रिर्पोर्टिङ गर्दै आएका छन् । सन् २०११ देखि अमेरिकामा पहिलो पटक २४ सै घण्टा सन्चालनमा आएको नेपाली भाषाको टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनमा कम्युनिटी सम्बन्धी बिभिन्न कार्यक्रम सन्चालन गरेका थापाले कार्यक्रम उत्पादन तथा सन्चालन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com