दिल्लीबाट नेपाल हेर्ने ८१ विदेशी मिसन


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

नेपालले २९ मुलुकमा दूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र तीन स्थानमा संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ । काठमाडौंमा विभिन्न मुलुकका २७ दूतावास सञ्चालनमा छन् भने वीरगन्जमा भारतको महावाणिज्य दूतावास छ ।

८१ मुलुकले गैरआवासीय रूपमा नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका छन् । यीमध्ये अधिकांश भारतको नयाँदिल्लीबाट र केही म्यानमारको पुरानो राजधानी रंगुनबाट सञ्चालित छन् । एक सय ४३ मुलुकसँग नेपालको दुईपक्षीय कूटनीतिक सम्बन्ध छ । सार्कमा भुटान, अफगानिस्तान र माल्दिभ्समा नेपाली दूतावास छैनन्, ती मुलुकले पनि दिल्लीस्थित दूतावासहरूबाट नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका नयाँ पत्रिकामा खबर छ ।

पहिलो दूतावास बेलायतमा

नेपालले सन् १९३४ मा बेलायतमा दूतावास खोलेको थियो । दक्षिण एसियामा ब्रिटिस उपनिवेश छँदा स्वतन्त्र सार्वभौम राष्ट्रका रूपमा पहिलोपटक दूतावास खोलिएको थियो । त्यसपछि नेपालले अमेरिकासँग सन् १९४७ अप्रिलमा दौत्य सम्बन्ध स्थापना ग¥यो । छिमेकी मुलुक भारत नेपालको दौत्य सम्बन्ध भएको तेस्रो मुलुक हो । चीन दौत्य सम्बन्ध रहेको चौथो मुलुक हो । ०१४ सालसम्म बेलायतमा भएका राजदूतले अमेरिका हेर्ने जिम्मेवारी पाएका थिए भने दिल्लीस्थित नेपाली राजदूत चीन र जापानका लागि पनि राजदूत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा बेलायतपछि भारतीय दूतावास स्थापना

नेपालमा पनि सबैभन्दा पहिला बेलायत र त्यसपछि छिमेकी भारतले दूतावास स्थापना गरे । अमेरिका र चीनका भारतस्थित राजदूतले नेपाल हेर्दै आएका थिए । नेपालले सुुरुमै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का अमेरिका, बेलायत, जर्मनी, रुस र चीन, अफ्रिकाका लागि इजिप्ट तथा माल्दिभ्स र भुटानबाहेक सार्कका सबै मुलुकमा दूतावास खोलेको थियो । सुरक्षा परिषद्का पाँचवटै स्थायी सदस्य मुलुक र सबै महादेशमा नेपालको उपस्थिति छ । हाल २९ वटा दूतावास, पाँचवटा महावाणिज्य दूतावास र तीनवटा राष्ट्रसंघीय स्थायी नियोग छन् । नेपालले अस्ट्रियाको भियनामा पछिल्लोपटक राष्ट्रसंघीय कार्यालय खोलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com