लोकमान बारे फैसला गर्ने जिम्मा प्रचण्डलाई !


प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार

माओवादी केन्द्रको हेडक्वाटर बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयको अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

शनिवार सम्पन्न उक्त बैठकले अन्य दलसँग परामर्श गर्ने र अन्तिम निर्णयमा पुग्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सबै पक्षसँग छलफल गरी महाअभियोगबारे निर्णय लिने अधिकार पार्टी अध्यक्षलाई दिइएको जानकारी दिइन् ।

संसदमा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।आइतबार (भोलि) बस्ने संसद बैठकमा प्रस्ताव पेस गर्ने तयारी छ ।

यसैबीच सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पारे । त्यस्तै उनले महाअभियोग सिफारिश समिति लोकमानकै लागि भनेर गठन नगरिएको समेत प्रष्ट्याए । नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् ।

गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पुर्याझैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियो प्रस्ताव ल्याउन आँफैले मलजल गरेको उनको आरोप थियो । उनले अघि थपे,‘अति गरे, खति हुन्छ भनेको यही हो, उनले कानुनी राज्यलाई ठाडै चूनौति दिएका थिए, त्यसैले यो प्रस्ताव आएको हो ।’

उनले भोलिबाट महाअभियोग प्रस्तावमाथि छलफल हुने भएकोले अबको एक महिनाभित्रै यो विषय टुँगो लाग्ने समेत जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com