‘निर जहिले रिसाउने’ भन्दै जब नाचिन् हिसिला (भिडियो)


प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार

डेनमार्कको अल्टरनेटिभ पार्टीले आयोजना गरेको कार्यक्रममा नयाँ शक्तिकी नेतृ हिसिया यमिको नृत्य विशेष आकर्षण केन्द्र भयो ।

अल्टनरनेटिभ पार्टीको आयोजनामा काठमाडौंको ठमेलमा दुईदिनसम्म आयोजित वर्कशपपछि पार्टीको आयोजना गरेको थियो । वर्कशपमा नयाँ शक्ति पार्टी नेपालका अधिकांश नेताहरुको सहभागिता रहेको थियो ।

screen-shot-2016-10-22-at-12-16-45-pm

ठमेलको होटेल मस्र्याङदीमा चलेको वर्कशपमा नेपालका एजेण्डालाई वैकल्पिक रुपमा कसरी उठाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । वर्कशपमा नयाँ शक्ति नेपालका बाबुराम भट्टराई बाहेकका प्राय सबै नेताहरु सहभागी थिए ।

नेताहरुका लागि वर्कशप संचालन गरेलगत्तै नयाँ शक्ति पार्टी निकटका पत्रकारहरुका लागि पनि वर्कशप संचालन गरिएको थियो । वर्कशपमा समाचारलाई कसरी वैकल्पिक रुपमा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com