लोकमानसिंहविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्ने कार्यसूचि रहेको संसद बैठक स्थगित


प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि रहेको व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

संसद सचिवालयले सूचना टाँसेर गरेर आइतबार ११ बजेसम्मका लागि बैठक सरेको जानकारी गराएको हो । बिहीबार १ बजेका लागि डाकिएको संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि थियो ।

कार्कीको महाअभियोग प्रस्तावबारे दलहरुबीच छलफल जारी रहेकोले संसद बैठक सारिएको जनाइएको छ ।

बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए ।

lokman-singh-karki

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com