सरकारको पाठेघर क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, काठमाडौं । सरकारले महिलाको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ। सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरूको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको हो। सुरक्षित मातृत्व दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सुरक्षित मातृत्वसम्बन्धी सेवालाई सहज बनाउन देशभर तीन महिने चारवटा अभियान सोमबारबाटै सुरु गरिएको जानकारी पनि दिइन्। सरकारले बैशाखदेखि असारसम्मको तीन महिनामा देशभरका सबै अस्पतालबाट महिलाको पाठेघरको क्यान्सर र फिस्टुलाको निःशुल्क परीक्षण अभियान संचालन गर्नेछ। त्यसैगरी साउनदेखि असोजसम्मको तीन महिनामा ‘एक पालिका, एक सुरक्षित मातृत्व कोष’ स्थापना अभियान संचालन गरिनेछ। कार्तिकदेखि पुससम्म सुरक्षित मातृत्वसम्बन्धी चेतना जगाउन देशभर निबन्धलगायतका प्रतियोगितात्मक कार्यक्रम पनि संचालन गरिनेछ। राज्यमन्त्री अर्यालले पुसदेखि फागुनसम्म भने किशोरीले महिनावारीमा गर्ने सरसफाईसम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिइन्। मन्त्रीले सरकारले सुरक्षित मातृत्व सेवालाई वडा तहसम्मै पुर्‍याउने गरी आवश्यक योजना अघि सारेको पनि स्पष्ट पारिन्। राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने पनि बताइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com