भित्रभित्रै संविधान संशोधनको  तयारी !


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेस केन्द्रित दलहरुसँग आन्तरिक छलफल भइरहेको बताएका छन्। संविधान संशोधन गर्न एमालेको पनि सहयोग आवश्यक पर्ने भन्दै उनले एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको संकेत गरे।

शहिद सरोज कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित संविधान कार्यान्वयनका चुनौती र कांग्रेसको भूमिका’ बिषयक अन्तर्क्रियामा सभापति देउवाले भने ‘संविधान संशोधनमार्फत सहमति कायम गर्न मधेसी दल र एमालेका नेतासँग कुरा भइरहेको छ। यो हो–हल्ला गर्ने विषय होइन।’

‘सीमांकन लगायतका बिषयमा सहमति गर्न संविधान संशोधन गर्नुपर्छ। त्यसका लागि दुई तिहाई जरुरी हुन्छ’, देउवाले प्रश्न गरे ‘हो हल्ला गरेर कहीँ संविधान संशोधन हुन्छ?’ सभापति देउवाले कुनै पनि हालतमा स्थानीय, प्रदेश र संसदको चुनाव गराएर छाड्ने प्रतिवद्धता व्यक्त गर्दै जनतालाई यस्तै सन्देश दिएर आश्वस्त पार्न कार्यकर्ताहरुलाई आग्रह गरे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको विषयमा बिबाद देखिएको भनी सिधै संसदको चुनाव गर्न गरेको प्रस्ताव आफूले इन्कार गरेको बताए। केही दिन पहिले एमाले अध्यक्ष ओलीसँग भएको कुराकानीको प्रसंग कोट्याउँदै पौडेलले भने ‘ओलीजीले स्थानीय तहको छाडेर सिधै प्रतिनिधि सभाको निर्वाचन गरौं भन्नुभयो तर मैले मानिन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडेलले स्थानीय तहको निर्वाचन नगरी संसदको मात्र चुनाव गराउँदा संघीयता कार्यान्वयन गाउँ तहसम्म नहुने र राष्ट्रिय सभा पनि गठन नहुने भएकोले गाउँ नगरको चुनाव गर्नैपर्ने सुझाव ओलीलाई दिएको पनि बताए। उनले भने ‘अब गाउँ र नगरको सख्या २/३ सयमा खुम्च्याएर ठूलो बनाउनु भन्दा ७५ वटा जिल्लालाई नैं स्थानीय तहको अधिकार दिँदा व्यवहारिक कार्यान्वयन हुन्छ।’ अर्को प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवालाई १३ औं महाधिवेशनदेखि नैं आफूले सघाउँदै आएको दाबी गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com