अर्गानिक चलचित्र भैरेको चर्चा सर्वत्र


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

– अनिल अधिकारी

चलचित्र भैरे अहिले नेपाली सिनेमा उद्योगमा सबै भन्दा बढी चर्चामा रहेको चलचित्र हो । बहुप्रतिक्षित चलचित्र भैरेको निमार्ण सम्पन्न भएसंगै यस चलचित्रका दुईवटा गित सार्वजनिक भएका छन् । सनम माया लाको र सान्नानीलाई भेट्न आउँदा बोलका दुवै गित अहिले यूट्युबमा सबै भन्दा बढी हेरिएको छ । हाल सम्म १४ लाख भन्दा बढीले दर्शकले मन पराएको देखिन्छ ।

दुवै गित हिट भएसँगै भैरे टिमले अमेरिकाको न्यूयोर्कमा एक भव्य कार्यक्रमका बिच केक काटेर खुसी मनाएको छ । चलचित्रका नायक बिक्रान्त बस्नेत, संगितकार एवं गायक यम बराल, निर्माता प्रेम पौडेल, निमार्ण संयोजक कृष्णराज काफ्ले, एनआरएनका नेताहरु, पत्रकार लगायत अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थितिमा अमेरिकाको न्यूयोर्क शहरमा एनआरएन अमेरिका अध्यक्ष केशव पौडेलले केक काटे ।

चलचित्र भैरेको शिर्ष गित सनम माया लाको बोलको गित चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले लेखेका हुन भने यसमा संगित यम बरालले भरेका छन् । यम बराल र अञ्जु पन्तको स्वरमा रहेको यो गित यूट्युबमा हिट भएको छ ।

यस्तै सान्नानीलाई भेट्न आउँदा बोलको गित पनि यूट्युबमा त्यत्तिकै हिट छ । यस गितमा शब्द संगित बसन्त सापकोटाको रहेको छ भने स्वर यम बराल, बसन्त सापकोटा र मेलिना राईको रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले नेपाली चलचित्र क्षेत्रमा जमेका कलाकारहरुको अभियन रहेको यस चलचित्र नेपाली मौलिक कथा बस्तुलाई समेटेर बनाइएको जनाइएको छ । केक काटेपछिको पत्रकार सम्मेलनमा बोल्दै नायक बिक्रान्त बस्नेतले भने – ‘यो नेपाली अर्गानिक चलचित्र हो । यसको बिषय बस्तु हामी सबै नेपालीको हो ।’

निर्माता प्रेम पौडेलले धेरै समय पछि नेपाली सिनेमा उद्योगमा मौलिक चलचित्र बनेको भन्दै सबै नेपाली चलचित्र प्रेमीको रोजाईमा यो फिल्म पर्नेमा आशावादी छन् । उनले भने – ‘हामीले खुवै मेहेनत गरेका छौं, यो चलचित्रले नेपाली सिनेमा उद्योगमा नयाँ आयाम ल्याउनेछ ।’

यसमा चलचित्रमा चर्चित अभिनेता, खलनायकको एउटा इतिहास बनाएका राते काईला अर्थात सुनिल थापाको पनि दमदार अभिनय छ । चलचित्रमा बुद्धि तामाङ हैट, सबिता गुरुङ, जयनन्द लामा, बर्षा शिवाकोटी, जान्हवी गुरुङ, कुमारी लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै बाल कलाकारमा अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेलको अभिनय छ ।

एभरेष्ट सुर्य बोहोराको निर्देशन, पुरुषोत्तम प्रधानको छायाङकन, कविराज गहतराजको नृत्य निर्देशन, बसन्त सापकोटा, अर्जुन पोखरेल र गायक यम बरालको संगितमा चलचित्रको निर्माण सम्पन्न भएको छ । चलचित्रमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्रको छायाङकन भएको छ । यस चलचित्रमा समग्र नेपालको परिदृष्य हेर्न पाइने यसका नायक बस्नेतले  जानकारी गराएका छन् ।

चलचित्रमा भैरेको रोलमा अहिले चलेका नायक दायहाङ राई देखिनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com