‘प्रचण्डले जनयुद्धमा भारतले गरेको सहयोगको ऋण तिर्न थाले’


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको दाहालले ऋण तिर्न थालेको आरोप बताए ।

बिजुक्छेले भने ‘देशमा अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो, माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।’

भारतले नेपाललाई भुटान बनाउन खोजेको बताउँदै बिजुक्छेले भने ‘भारतले अब नेपालले राख्ने हरेक अन्तर्राष्ट्रिय सम्बन्धमा आफूलाई अवगत गराएरमात्र अघि बढ्नुपर्ने वातावरण बनाएको छ, त्यसलाई समर्थन गर्न दाहाल नेतृत्वको सरकारले भूमिका खेलेको छ ।’

नेपालका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारकै कारण नहुने टिप्पणी गर्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले समेत अदृश्य रुपमा हस्तक्षेप गरेको दाबी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचन गर्न सरकार गम्भीर नबनेकाले संविधानले निर्धारण गरेको समयभित्र निर्वाचन नहुने र निर्वाचन अन्योलमा परेको बताए ।

निर्वाचनको मिति तोक्न र तयारी गर्न सरकारले नै सहयोग नगरेको निर्वाचन आयोगले बताउनुले पनि यसलाई पुष्टि गर्ने उनको भनाइ छ ।

संविधान संशोधन गरी मधेस आन्दोलनका गलत माग सम्बोधन गर्न सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने उनको तर्क छ ।

नेपालको इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको आरोप लगाउँदै बिजुक्छेले भने ‘कूटनीतिक पक्षलाई सवल पार्न नसके अन्तर्राष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्छ, यसले नेपाललाई नै हानि हुन्छ ।’

नेपाली काँग्रेसले दाहाललाई प्रयोग गरेर विगतका आफ्ना गल्ती सुधार्न थालेको बताउँदै उनले अब केही महिनाभित्रै नयाँ सत्ता समीकरण हुने दाबी गरे ।

कारोबारबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com