लोकमान सिंह बेपत्ता, अमेरिकामा भएको आशंका, अमेरिकाबाट देशनिकाला गर्न हस्ताक्षर


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

 

१० दिनको बिदा लिएर क्यानडा गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बेपत्ता भएका छन् । नेपालमा सर्बोच्च अदालतले खोजेपछि उनी बेपत्ता भएका हुन् । उनी क्यानडाबाट भारतमा आएको आशंका गरिएपनि अमेरिकातिर छिरेको भन्दै अमेरिका र क्यानडाबाट देशनिकाला गर्न हस्ताक्षर अभियान सुरु गरिएको छ । चेन्ज डट ओर्गमा सुरु गरिएको हस्ताक्षर अभियान तोकिएको हस्ताक्षर संख्या पूरा भएपछि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र क्यानडा सरकारको अध्यागमन विभागमा पुग्ने जनाइएको छ ।

असंवैधानिक नियुक्ती, शक्तिको दुरुपयोग र अदालतको मानहानी गरेको आरोप लागेका कार्कीलाई नेपालमा सर्वोच्च अदालतले खोजिरहेको छ । कार्कीले भ्रष्टाचारविरुद्धको सम्मेलनमा भाग लिन क्यानडाको भ्रमण गरेका थिए । त्यसपछि कार्की अमेरिकामा छिरेको पिटिसनमा उल्लेख गरिएको छ ।

तपाईपनि लोकमानलाई अमेरिका र क्यानडाबाट निकाला गरेर सर्बोच्च अदालतमा उपस्थीत गराउन चाहनुहुन्छ भने हस्ताक्षरका लागि यहाँ क्लिक गर्नुहोला । 

पिटिसनमा कार्की मानवअधिकारको उल्लंघनकर्ता र अन्तर्राष्ट्रिय युद्ध अपराधी रहेको आरोप लगाउँदै यस्ता व्यक्तिलाई अमेरिका र क्यानडामा अनुमति दिन नहुने भन्दै त्यहाँका सरकारलाई कार्कीलाई फिर्ता पठाउन आग्रह गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको बानेश्वरस्थित घरमा म्याद टाँस गर्न पुगेका सर्वोच्च अदालतका कर्मचारीको टोलीलाई सामसङका कर्मचारीले रोकेका छन् ।

सामसङका कर्मचारीले आफूहरुले भाडामा लिएको घर भएकाले म्याद टाँस गर्न नदिने भन्दै सर्वोच्चका तामेलदार फर्काएका थिए । दसैं अघि नै उनको घरमा म्याद टाँस गर्ने तयारी भए पनि पहिलोदिन महानगरको असहयोग र अर्कोदिन तामेलदार नै बेपत्ता भएपछि रोकिएको थियो । कार्कीको नियुक्ति गैरकानुनी भन्दै अधिवक्ता ओम प्रकाश अर्यालले दिएको रिट निवेदनपछि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमान सिंह कार्की १० दिन विदा लिएर क्यानडाको भ्रमणमा गएका थिए । उनी झण्डै एकमहिनादेखि कार्यालयमा अनुपस्थित छन् । प्रमुख आयुक्त कार्कीले क्यानडा जानुअघि राष्ट्रपति कार्यालयमा विदाका लागि निवेदन दिएका थिए। उनले लिएको दश दिनको विदा असोज १३ गते नै सकिएको थियो । अख्तियारलाई समेत कार्की १० दिनको विदा लिएर करिब एक महिनासम्म नफर्कदा कहाँ गएको भनेर जवाफ दिन अप्ठेरो परिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com