बाल यौन दुराचार गर्ने विदेशी पक्राउ


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

महिला खबर–

ललितपुर । दुई जना नेपाली बालकलाई ललाई फकाई प्रलोभनमा पार्दै यौन दुराचार गर्ने एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालगलिस रहेका छन् । उनलाई काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका वडा न १ स्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरिएको हो । सोही कोठाबाट १२ र १४ वर्षीय बालकलाई समेत उद्दार गरिएको प्रहरी अनुसन्धान व्यूरो महाराजगन्जले जनाएको छ ।

विदेशी नागरिक पिटरलाई बाल यौन दुराचार अपराध मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले नेपालमा दुई वर्षदेखि हिमालयन कम्युनेटी फाइन्डेसन सञ्चालन गरी गरिब तथा विपभन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्दै आएका थिए ।

ती समुदायका छनोट गरिएका बालकहरूलाई पढाईदिने, विदेश घुमाईदिने, ठूलो भए पनि जागिर लगाईदिने जस्ता विभिन्न प्रलोभनमा पारी यौन शोषण गर्ने गरेको अनुसन्धान व्यूरोले जनाएको छ ।

बाल यौन दुराचार गरेको ठहर भएमा मुलुकी ऐनको महल १४ जवरजस्ती करणीको ९ (क)मा बाल बाल यौन दुराचार अपराधमा अधिकतम १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com