सिरियाको गुटामा रसायनिक ग्यास आक्रमण


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

सिरियाको गुटास्थित डउमा क्षेत्रमा रसायनिक ग्यास आक्रमण हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सिरियाली सेनालाई रुसले सघाइरहेको छ ।

गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको र यस रसायनिक आक्रमणको जिम्मेवारी सिरियालाई सघाइरहेको रुसले लिनुपर्ने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com