लुम्बिनी अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट जडान


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

चैत २३, रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । नयाँ वर्षभित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भइरहेको अस्पतालले जनाएको छ।

रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन ९उत्पादन० गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानका लागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानका लागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्णप्रसाद खनालले बताए।

रोटरी क्लव अफ बुटवलको २३ लाख रुपैयाँ तथा रोटरी फाउन्डेशन र अन्तर्राष्ट्रिय क्लवहरुको सहयोगमा झण्डै ५० लाखको लागतमा उक्त मेसिन खरिद गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष राजेन्द्र लम्सालले वताए  । आइसीयु, एनआइसियु, दमलगायत श्वासप्रस्वासका बिरामीलाई अक्सिजन अनिवार्य छ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले दैनिक सरदर २५ सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । अब उक्त अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ४० देखि ४५ सिलिन्डर अक्सिजन उत्पादन हुने लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले वताए । एउटा सिलिन्डरलाई सरदर ५ सय रुपैयाँ पर्छ । तर लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराउने बिरामीलाई अस्पतालले अक्सिजन निःशुल्क गरेको छ । अस्पतालका सूचना अधिकृत रेग्मीले  अक्सिजन खरिदका लागि वार्षिक ४० लाख बढी खर्चिनु परेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्सिजन मेसिन जडान भएपछि बिद्युत, कर्मचारी लगायतमा ५÷७ लाख खर्च भए पनि अक्सिजन खरिदमा खर्च हुने करिब ३५ लाख रुपैयाँ बचत हुने उनले  बताए  । उक्त मेसिनको क्षमताअनुसार अक्सिजन उत्पादन गर्ने हो भने फिलिङ ९सिलिन्डरमा भर्ने० मेसिन आवश्यक पर्छ । मेसिन अस्पतालसंग छैन । जसका कारण तत्काल क्षमताअनुसारको अक्सिजन उत्पादन गर्न भने  सकिने देखिदैन । अस्पतालले फिलिङ मेसिन व्यवस्थापनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरेको मेसु खनालले बताए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com