प्रबलले आमालाई भेटाए अमेरिकी प्रथम महिला मिशेल


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

चर्चित नेपाली अमेरिकन फेशन डिजाइनर प्रबल गुरुङले आफ्नी आमा दुर्गा रानालाई अमेरिकी प्रथम महिला मिशेल ओबामासँग भेट गराएका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेलसँग आफ्नी आमाको परिचय गराउन पाउँदा प्रबलले खुशी व्यक्त गरेका छन् ।

14702295_117348108733259_7772746200040512380_n

यो भेट आफ्नो लागि अत्यत्नै संवेदनशिल र महान रहेको प्रबलले फेसबुकमार्फत जनाएका छन् । भेटमा आफ्नी दिदी कुमुदिनी श्रेष्ठलाई सहभागी गराउन नपाएकोमा भने उनले दुख व्यक्त गरेका छन् ।

अमेरिकी प्रथम महिला मिशेलले चर्चित फेशन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको पोशाक लगाएपछि प्रबल चर्चाको शिखरमा पुगेका थिए । मिशेलले प्रबलको डिजाइन लगाउनु प्रबलको फेशन करिअरमा पनि कोशेढुंगा सावित भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com